आजदेखि देशभरका हल बन्द

Newslaya Home

आजदेखि देशभरका हल बन्द

बिहीबार ०६, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै हल संचालकहरुले सूचना जारी गर्दै बिहिबार (आज) बाट हल बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले देशभरका हल बन्द गर्ने निर्णय गरेसँगै हल संचालकहरुले सूचना जारी गर्दै आज बाट वैशाख १८ गतेसम्मलाई हल बन्द गर्ने निर्णय गरेका हुन् ।

चलचित्र संघले पनि विज्ञप्ती जारी गर्दै आजबाट वैशाख १८ गतेसम्मलाई सम्पूर्ण हल बन्द गर्न सूचना जारी गरिसकेको छ । देशको सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सले आफ्नो वेवसाइटमा जनताको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै हल बन्द भएको जानकारी दिएको छ ।