सडकमै पल्टिएको ट्रकमा आगलागी हुँदा जलेर पाँच जनाको मृत्यु

Newslaya Home

सडकमै पल्टिएको ट्रकमा आगलागी हुँदा जलेर पाँच जनाको मृत्यु

बिहीबार ०६, चैत २०७६

काठमाण्डौ । भारत मध्यप्रदेशको शाजापुरमा बुधबार राति ट्रकमा आगलागी हुँदा जलेर पाँच जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार एउटा ट्रक अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । उक्त ट्रक पल्टिएलगत्तै पछाडिबाट आइरहेको अर्को ट्रक ठोक्किएपछि अचानक आगलागी भएको थियो ।

आगलागीका कारण जलेर एउटा ट्रकमा सवार चार जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै अर्को ट्रकमा रहेका तीन जनालाई घाइते अवस्थामा अस्पताल लगिएकोमा एक जनाको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी र अग्नि नियन्त्रण टोली पुगेको थियो । लामो प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ ।