बलिउड अभिनेत्री सोनम कपुर क्वारेन्टाइनमा

Newslaya Home

बलिउड अभिनेत्री सोनम कपुर क्वारेन्टाइनमा

बिहीबार ०६, चैत २०७६

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन् ।

श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएकी थिइन् ।

अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिए पनि परिवारका सदस्यसँग घुलमिल हुनुपर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएकी छन् ।

उनले विमानस्थलमा कोरोनाको विभिन्न परीक्षण गराएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय यात्रा गरिरहेका यात्रुलाई समेत क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन् ।