त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबार तय भएका सबै परीक्षा हुने

Newslaya Home

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबार तय भएका सबै परीक्षा हुने

बिहीबार ०६, चैत २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबारका लागि तय भएका सबै परीक्षा यथावत् सञ्चालन हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा सञ्चालन हुने बताएको हो ।

त्यस्तै विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा आज अर्को सूचना निकालेर जानकारी गराउने बताएको हो ।

कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा स्थगित गरेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।

कोरोना भाइरसको रोकथामको लागि सरकारले चैत्रमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिए ।

बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने मन्त्री पोखरेलले जानकारी दिए ।