त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित

Newslaya Home

त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित

बुधबार ०५, चैत २०७६

काठमाडौं । चैत्रमा हुने त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् । नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपश्‍चात त्रिविको परीक्षा स्थगित गरिएको हो ।

नेकपाको सचिवालयले एसईई परीक्षा स्थगित गर्न पनि सरकारलाई सुझाव दिएको थियो ।

बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।