एसईई परीक्षा स्थगित !

Newslaya Home

एसईई परीक्षा स्थगित !

बुधबार ०५, चैत २०७६

काठमाडौं । सरकारले भोलिदेखि सञ्चालन हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा सचिवालय बैठकमा बुधवार उक्त जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

समितिको आजको बैठकले गरेका १५ बुँदे निर्णय यसअघि नै सार्वजनिक भएको थियो, पछि पूरक बैठक बसेर उक्त निर्णय भएको जानकारी बैठकमा गराइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि ट्विटमार्फत एसईई परीक्षा स्थगित भएको जानकारी गराएका छन् ।