कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना

Newslaya Home

कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना

बुधबार ०५, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित अस्पतालमा भर्ना गरिएको छ। भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालले जानकारी दिएको छ ।

पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक भएको अस्पतालले जनाएको छ । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो। एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको हो ।