बढ्यो सुनको भाउ

Newslaya Home

बढ्यो सुनको भाउ

बुधबार ०५, चैत २०७६

काठमाण्डौ । सुनको भाउ बुधबार(आज) तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।