युभेन्टसका मिडफिल्डर माटुइडीलाई कोरोना संक्रमण

Newslaya Home

युभेन्टसका मिडफिल्डर माटुइडीलाई कोरोना संक्रमण

बुधबार ०५, चैत २०७६

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको पुष्टि गरेको हो । युभेन्ट्सले फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको समेत जनाएको छ ।

कोरोनाको संक्रमण देखिने माटुइडी युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यस अघि डिफेन्डए डानिली रुगानीलाई संक्रमण देखिएको थियो। चीनबाट फैलिएको कोरोनाको संक्रमण इटालीमा महामारीको रुपमा फैलिएको छ। जसको कारण इटालीमा सम्पूर्ण खेलकुद गतिविधि अप्रिल ३ सम्म बन्द गरिएको छ।