कोरोना त्रास : ‘द कपिल शर्मा शो’को सुटिङ स्थगित

Newslaya Home

कोरोना त्रास : ‘द कपिल शर्मा शो’को सुटिङ स्थगित

बुधबार ०५, चैत २०७६

काठमाडौं । भारतमा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बलिउड फिल्मको र टिभी शोका सुटिङहरु स्थगित गरिएको छ ।

भारतीय समाचार एजेन्सीका अनुसार प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित गरिएको हो । सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको बताइएको छ ।

महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न समेत निर्देशन दिइसकेका छन् ।

त्यस्तै संजय लीला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ । फिल्ममा आलिया भट्टले अभिनय गरेकी छन् ।
मुम्बईका कमशिनरले फिल्म सिटीमा भइरहेका सबै सुटिङ स्थगित गर्न निर्देशन दिएका थिए ।

जसका कारण कसौटी जिन्दगी की २ पनि प्रभावित बनेको छ । फिल्म सिटी ३१ मार्चसम्म बन्द गर्न निर्देशन दिइएको बताइएको छ ।

कोरोना भाइरसबाट हालसम्म भारतमा तीन जनाको मृत्यु भइसकेको छ भने १४५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।