नेपाल एयरलाइन्सले रोक्यो मलेसिया उडान

Newslaya Home

नेपाल एयरलाइन्सले रोक्यो मलेसिया उडान

मङ्गलबार ०४, चैत २०७६

काठमाडौं । मलेसिया सरकारले विदेशी कामदारलाई प्रवेश निषेध गरेसँगै एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन् ।

यस्तै नेपालबाट उडान गर्ने हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि काठमाडौं–क्वालालम्पुर उडान स्थगन गरेका छन् ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान आजदेखि अर्को सूचना नआएसम्मका लागि भन्दै नेपाल एयरलाइन्सले उडान स्थगन गरेको हो ।

एयरलाइन्सले आजभन्दा पछाडिका लागि टिकट बुक गराएकालाई पुरै पैसा फिर्ता दिने तथा निःशुल्क मिति सार्नसक्ने सुविधा दिएको छ ।