अब युरोकप फुटबल अर्को वर्ष मात्र

Newslaya Home

अब युरोकप फुटबल अर्को वर्ष मात्र

मङ्गलबार ०४, चैत २०७६

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सरेको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ ।

युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक भिडियो कन्फ्रेन्स गरेको थियो । नर्वेजियन एफएका अनुसार अब यो प्रतियोगिता अर्को वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

यसअघि यो प्रतियोगिता यही १२ जुनदेखि १२ जुलाईसम्म युरोपको १२ स्थानमा हुने बताइएको थियो ।