कोरोनाभाइरस : नेपालको परीक्षण ‘विश्वस्नीय’, सङ्क्रमणको वास्तविकता पत्ता लगाउन ठूलो सङ्ख्यामा जाँच गर्नुपर्ने

Newslaya Home

कोरोनाभाइरस : नेपालको परीक्षण ‘विश्वस्नीय’, सङ्क्रमणको वास्तविकता पत्ता लगाउन ठूलो सङ्ख्यामा जाँच गर्नुपर्ने

मङ्गलबार ०४, चैत २०७६

बिबिसि । नेपालमा हालसम्म गरिएका कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी जाँचको गुणस्तरमा प्रश्न उठाउन नसकिने तर कोभिड–१९ को यकिन अवस्था थाहा पाउन अझ बढी नमुनाहरू परीक्षण गरिनुपर्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन्।

मंगलबारसम्म ४ सय ९६ वटा नमुना जाँच गरिएकोमा एक जनामा कोरोना सङ्क्रमण देखिएको र ती व्यक्ति निको भइसकेको अधिकारीहरू बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार मङ्गलबार २५ वटा नमुनाको जाँच भइरहेको छ र साँझसम्म त्यसको नतिजा आउने ठानिएको छ।

त्यसमा इटली र चीनबाट आएका पर्यटक अनि राजधानी बाहिरका विभिन्न स्थानबाट सङ्कलन गरिएका शङ्कास्पद् नमुना रहेका छन्।

‘गुणस्तरमा शङ्का गर्नुपर्दैन’
राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विश्व स्वास्थ्य सङ्गठन९डब्लूएचओले० तोकेका मापदण्डका आधारमा नमुनाहरूको परीक्षण गरिएकाले अहिलेसम्म गरिएका सबै परीक्षणहरू विश्वस्नीय छन्।

उनी भन्छन्, ूकोभिड(१९ जाँचको लागि डब्लुएचओले मान्यता दिएको मापदण्ड अनुसार विश्वभर गरिँदै आएको पिसिआर विधिबाटै हामीले परीक्षण गरिरहेका छौँ। हाम्रो आन्तरिक रूपमा पनि गुणस्तर सुनिश्चित गरिएकाले हाम्रो परीक्षण क्षमतामा प्रश्न उठाउने ठाउँ छैन।ू

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएका नमुनामध्ये पाँचदेखि १० प्रतिशत थप परीक्षणका लागि डब्लूएचओको प्रक्रियाअनुसार सिङ्गापुर र थाइल्याण्डमा पठाउने गरिएको उल्लेख गरे।

ूप्राविधिक रूपमा हाम्रो जाँच दुरूस्त छ। शङ्का लागेर नमुना जाँच गराएका बिरामीहरू सङ्क्रमण नदेखिएपछि घर फर्किएर पनि सन्चै भएकाले हाम्रो जाँच एकदमै गुणस्तरीय छ भन्ने व्यावहारिक रूपमा नै प्रमाणित भएको छ।ू

कोरोनाभाइरसको सङ्क्रमण जाँच्न रूघा वा ज्वरो जस्ता इन्फ्लुएन्जासँग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरूका घाँटी र नाकबाट ुस्वाबु निकाल्ने गरिन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै अहिले उक्त परीक्षण उपलब्ध छ।

निशुल्क गराइने उक्त जाँचको परिणाम २४ देखि ४८ घण्टासम्म आउने प्राविधिकहरू बताउँछन्।

उक्त प्रयोगशालामा कोरोनाभाइरस जाँच्न सक्ने भनी डब्लुएचओले मान्यता दिएको बायोसेफ्टी ल्याबरेटरि २ र कोरोनाभाइरसभन्दा पनि घातक प्रकृतिका भाइरस जाँच्न सक्ने बायोसेफ्टि ल्याबरेटरि ३ सञ्चालनमा छन्।

नेपालका निजी अस्पताल वा प्रयोगशालाहरूमा त्यो सेवा उपलब्ध नरहेको राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका प्राविधिक अधिकृत गुप्ता बताउँछन्।

अझ ठूलो सङ्ख्यामा प्रयोगशाला परीक्षण आवश्यक
सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर अनुप सुवेदी नेपालले हालसम्म गरेका कोरोनाभाइरसको नमुना परीक्षणमा समस्या नरहे पनि सानो सङ्ख्यामा मात्रै जाँच गरिएकाले वास्तविक चित्र अझै थाहा नभइसकेको बताए।

उनले भने, ‘कति देशमा भटाभट देखिएको तहमा हाम्रोमा कोरोनाभाइरसको सङ्क्रमण नदेखिएकाले हामीले साँघुरो दायरा बनाएर थौरै जाँच गरिरहेका छौँ। हामीले ठूलो स्तरमा जाँच नगरेकोले सङ्क्रमण फेला पार्न नसकेको हो।’

उनले रूघा खोकी र ज्वरो जस्ता लक्षण देखिएका देशका विभिन्न भागबाट दैनिक १०० जनासम्मको नमुना परीक्षण गरे अनि त्यसबाट पनि कोभिड(१९ को सङ्क्रमण नदेखिए बल्ल आश्वस्त हुने अवस्था आउने उल्लेख गरे।

उनी थप्छन्, ‘सङ्क्रमण छ तर हामीले देखिरहेका छैनौँ भने पछि ढिलो भइसक्छ र हामीपनि मध्यपूर्व वा युरोपमा जस्तो परिस्थितिमा पुग्नसक्छौँ। त्यही भएर निरन्तर निगरानी र परीक्षणमा जोड दिनुपर्छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी गुप्ता हाल सरदर कोरानासङ्क्रमणको आशङ्कामा २० देखि २५ वटा परीक्षण भइरहेको भन्दै आवश्यक पर्दा प्रयोगशाला मार्फत दैनिक आठ सय देखि नौ सयवटा परीक्षण गर्न सकिने बताउँछन्।

डब्लूएचओले कोरोनाभाइरसका बिरामीको उपचारमा खटिने चिकित्सक र प्रयोगशालामा खटिने प्राविधिकहरूमा पनि सङ्क्रमण सर्ने जोखिम उच्च रहेको बताउने गरेको छ।

सङक्रमणको लक्षण देखिएका बिरामीलाई एक्ल्याएर उपचार गर्दा उनीहरूको उपचारमा खटिने चिकित्सक र उनीहरूबाट सङ्कलन गरिएका नमुना परीक्षण गर्ने प्राविधिकहरूले पुरै शरीर ढाक्ने पीपीइ भनिने विशेष किसिमको पोशाक लगाउने गर्छन्।

हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पर्याप्त सङ्ख्यामा पीपीइ रहेको र थप पीपीइ खरिदको प्रकिया अघि बढाइएको गुप्ताले जानकारी दिए।