राखेपद्धारा सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न निर्देशन

Newslaya Home

राखेपद्धारा सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न निर्देशन

मङ्गलबार ०४, चैत २०७६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

मंगलबार राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा बसेको बैठकले १ हप्ता खेल गतिविधि बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

राखेपले नोबेल कोरोना भाईरस (कोभिड – १९) ले विश्वभर महामारीको रुप लिइरहँदा नेपालमा सम्भावित संक्रमण रोक्नका लागि कुनै पनि खेलकुद प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई बन्द गर्ने निर्णय गरेको छ ।