इनरुवा नगरपालिकामा सेनिटाइजरको प्रयोग अनिवार्य

Newslaya Home

इनरुवा नगरपालिकामा सेनिटाइजरको प्रयोग अनिवार्य

मङ्गलबार ०४, चैत २०७६

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा प्रवेश गर्नका लागि सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग अनिवार्य गरेको हो ।

व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको नगर प्रमुख राजन मेहताले बताए ।

सेनिटाइजरको बन्दोवस्ती सहित नगर प्रहरीलाई कार्यालय परिषरमा खटाएको हुँदा इनरुवा नगरपालिका पुग्ने जो कोहीले सेनिटाइजर प्रयोग गरी हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने भएका छन् ।

कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका सचेत र सजक रहन नगरवासीमा आग्रह गर्नका साथै बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।