सुनचाँदीको मूल्य घट्यो

Newslaya Home

सुनचाँदीको मूल्य घट्यो

मङ्गलबार ०४, चैत २०७६

काठमाडौं । मंगलबार(आज) एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुनको मूल्य तोलाको ७७ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलाको ८० रुपैयाँ घटेको छ। चाँदीको भाउ सोमबारका लागि ७१० रुपैयाँ तोकिएको छ।