स्पेनिस क्लब भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडीमा कोरोना संक्रमण

Newslaya Home

स्पेनिस क्लब भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडीमा कोरोना संक्रमण

मङ्गलबार ०४, चैत २०७६

काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

क्लबले सोमबार जारी गरेको आधिकारिक वक्तव्यमा सावधानीका सबै उपायहरु अपनाउँदा पनि क्लबका ३५ प्रतिशत खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

आफ्ना खेलाडीमा कोरोना भाइरसको संक्रमण फैलिनुको कारण गत फेब्रुअरी १९ मा मिलानमा भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत खेल रहेको भ्यालेन्सियाले दाबी गरेको छ ।

मिलानमा भ्यालेन्सियाले एट्लान्टासँग खेलेको थियो । यसअघि आइतबार भ्यालेन्सियाले आफ्ना पाँच खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको थियो ।

संक्रमण देखिएका सबै खेलाडी आ–आफ्नै घरमा आइसोलेसनमा छन् । उनीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षण कायम राख्नका लागि निर्देशनहरु दिइएको क्लबले जनाएको छ ।