कोरोनाको संक्रमणबाट २१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

Newslaya Home

कोरोनाको संक्रमणबाट २१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

मङ्गलबार ०४, चैत २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको शनिबार मृत्यु भएको हो ।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।