पेट्रोलियम पदार्थको मूल्य घट्यो

Newslaya Home

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सोमबार ०३, चैत २०७६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

यस्तै, निगमले हवाइ इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको कारण देखाउँदै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ लाई आधार मान्दै आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । अब काठमाडौंका लागि पेट्रोलको खुद्रा बिक्री मूल्य १०६ र डिजेलको खुद्रा विक्री मूल्य ९५ रुपैयाँ कायम भएको छ ।

साथै इण्डियन आयल कर्पोरेशनबाट हाल हवाई इन्धनको नयाँ खरिद मूल्य प्राप्त नभएता पनि पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनिकरण गर्न १ मार्चमा प्राप्त हवाई ईन्धन मूल्यको आधारमा नै देशभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रति लिटर ४ रुपैयाँ ५० पैसा घटाइएको निगमले जनाएको छ ।