कोरोनाभाइरस : नेपालमा स्यानिटाइजर उत्पादन गर्ने नास्टको प्रयासमाथि प्रश्न, साबुन पानी उत्तम विकल्प

Newslaya Home

कोरोनाभाइरस : नेपालमा स्यानिटाइजर उत्पादन गर्ने नास्टको प्रयासमाथि प्रश्न, साबुन पानी उत्तम विकल्प

सोमबार ०३, चैत २०७६

बिबिसि । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वैज्ञानिकहरूले हातको कीटाणु मार्ने स्यानिटाइजर उत्पादन सिकाउन ललितपुरका प्रतिनिधिहरूलाई तालिम अघि बढाइरहँदा नेपालसँग स्यानिटाइजरको गुणस्तरबारे हालसम्म कुनै मापदण्ड नबनेको नियमनको जिम्मेवारी पाएका एक अधिकारीले बीबीसीलाई बताएका छन्।

ललितपुर महानगरपालिकाको लिखित अनुरोधमा कोरोनाभाइरससँग सम्बन्धित सचेतना अभियान अन्तर्गत त्यहाँका प्रत्येक वडाका प्रतिनिधिहरूलाई स्यानिटाइजर उत्पादनबारे आइतवारबाट ६ दिने प्राविधिक तालिम दिइरहेको नास्टले जनाएको छ।

कोभिड(१९ को सङ्क्रमण देखापरेसँगै बजारमा मास्क र स्यानिटाइजर जस्ता सामग्रीको अभाव भएका विवरण आइरहेका छन्।

यस्तोमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार बजारमा सहजै पाइने र घरेलुस्तरमा नै उपलब्ध सामग्रीहरूको प्रयोग गरी कीटाणुनाशक स्यानिटाइजर बनाउन सिकाउने उद्देश्य आफ्नो तालिमले लिएको नास्टको भनाइ छ।

तर विज्ञहरूले रसायनको प्रयोग गरी सुपरीवेक्षण विना समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया दिएका छन्।