कोरोना भाइरसमा आधारित दुई चलचित्र निर्माण हुने

Newslaya Home

कोरोना भाइरसमा आधारित दुई चलचित्र निर्माण हुने

सोमबार ०३, चैत २०७६

काठमाण्डौं । विशवभर महामारी बनिसकेको कोरोना भाइरसमा आधारित चलचित्र निर्माण गर्न लागिएको छ ।

कोरोना भाइरसबाट विश्व नै त्रसित बनिरहेका बेला बलिउड चलचित्र निर्माताहरू भने ‘कोरोना प्यार है’ नामबाट चलचित्र बनाउने निर्णयमा पुगेका हुन् ।

‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’, ‘बजंरगी भाइजान’ चलचित्र निर्माण गरेको कम्पनी इरोज इन्टरनेसनलले कोरोनाभाइरस बारे चलचित्र बनाउन लागेको भारतीय मिडियाले जनाएको छ ।

यसका साथै भारतीय अर्को कम्पनी इन्डियन मोसन पिक्चर्स एसोसिएसनले पनि ‘डेडली कोरोना’ नामबाट चलचित्र रजिस्टर गराइसकेको भारतीय मिडियाले जनाएका छन् ।