आज बढ्यो सुनको भाउ

Newslaya Home

आज बढ्यो सुनको भाउ

सोमबार ०३, चैत २०७६

काठमाण्डौ । नेपाली बजारमा सोमवार (आज) सुन ५०० बढेको छ । हिजो आइतवार ७७ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य यथावत रहि प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ ।