कचनकवलका छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क शिक्षा

Newslaya Home

कचनकवलका छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क शिक्षा

शनिबार ०१, चैत २०७६

झापा । झापाको कचनकवल गाउँपालिकाले छोरी–बुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययन गराउने भएको छ ।

गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो
गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्षले बताएका छन् । गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिइन् ।

त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।

कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी अध्ययन गरिरहेको जनाइएको छ ।