दुबईमा आयो उड्ने बाइक

Newslaya Home

दुबईमा आयो उड्ने बाइक

बुधबार २८, फागुन २०७६

काठमाण्डौ । दुबईमा उड्ने मोटरसाइकलको मज्जा लिन सकिने भएको छ । यसका लागि लाइसेन्सको समेत आवश्यकता पर्ने छैन ।

तर यो सुविधा तत्काललाई दुबई प्रहरीका लागी मात्र भएको जानइएको छ । प्रहरीले निकट भविष्यमा उड्ने मोटरसाइकलबाट शहरमा गस्ती गर्ने लक्ष्य लिएको छ।

क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षण भइसकेको दुवई प्रहरीले जनाएको छ ।

एउटा उड्ने बाइक करिब २५० पाउन्डको हुनेछ भने यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। ओभरसर्फका अनुसारमा त्यसमा रहने ‘लिथियम मानगानिस निकेल ब्याट्री’ ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।

यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले प्रष्ट पारेको छ ।