प्रधानमन्त्री ओलीको शुक्रबार डिस्चार्ज हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारसम्म डिस्चार्ज हुने भएको छ ।
मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थमा सुधार आएकाले चाँडै डिस्चार्ज गरिने उपचारको नेतृत्व गरिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले बताए ।
गत आइतबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई संक्रमणबाट बचाउन चुनौती भएको चिकित्सकहरुले बताएका थिए । ओलीले बालुवाटार पुगेर आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्षम रहेको बताएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।