कर्मचारीलाई घरैबाट काम गर्न फेसबुक र गुगलको निर्देशन

Newslaya Home

कर्मचारीलाई घरैबाट काम गर्न फेसबुक र गुगलको निर्देशन

शुक्रबार २३, फागुन २०७६

काठमाण्डौ । फेसबुक र गुगलले अमेरिकास्थित सान फ्रान्सिस्को शहरका आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको छ। कोरोना भाइरसको त्रासपछि फेसबुक र गुगलले घरैबाट काम गर्न निर्देशन दिएको जनाइएको छ ।

ट्वीटरले यसअघि नै आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइसकेको थियो। हाल अमेरिकामा पनि कोरोनाभाइरसको प्रकोप बढ्दै गएको छ।अमेरिकामा हालसम्म सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ।