अन्तराष्ट्रिय डोरीतान प्रतियोगिता २३ गते देखि हुने

Newslaya Home

अन्तराष्ट्रिय डोरीतान प्रतियोगिता २३ गते देखि हुने

मङ्गलबार २०, फागुन २०७६

इटहरी । सुनसरीको दुहवीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप प्रतियोगिता हुने भएको छ ।

सुनसरी जिल्ला डोरीतान संघद्धारा पत्रकार सम्मेलनको आयोजना गरि नेपालमै पहिलो पटक अन्तराष्ट्रिय डोरितान महासंघको नियमअनुसार यही फाल्गुन २३ गतेदेखि खेल सञ्चालन गरिने जनाइएको हो ।

विश्वमै प्राचिन खेलको रुपमा सञ्चालनमा रहको डोरीतान प्रतियोगिता पछिल्लो समय ओझेलमा पर्दै गएको कारण यसको प्रवद्र्धन गर्ने, अन्तराष्ट्रियस्तरमा डोरीतान खेलको माध्यमबाट नेपालमा स्वर्ण पदक लगायत अन्य पदक ल्याउन सकिने कुरालाई ध्यानमा राख्दै यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा आयोजक टिम, मोरंग टिम, भारतको ४ वटा टिम, बिभागिय टिम लगायत गरि जम्मा १० वटा टिमको सहभागीता रहने सुनसरी जिल्ला डोरीतान संघ तथा मनमोहन स्पोर्टस एकेडेमीका अध्यक्ष निश्चलराज शाक्यले जानकारी दिए ।

थाईलेण्डमा सम्पन्न १४ औं एशियाली डोरीतान प्रतियोगितामा नेपालले एसियाली समुहमा आठौं र दक्षिण एसियाली समुहमा दोश्रो स्थान हासिल गर्न सफल भएको जानकारी दिँदै अध्यक्ष शाक्यले प्रतियोगितामा विजेताले नगद एक लाख सहित मेडल ,ट्रफी र दोश्रोलाई नगद पचास हजार सहित ट्रफी मेडल प्रदान गरिने बताए ।