जनता स्कुलमा भर्ना हुन चाहने विद्यार्थी एक हजार बढी, ९ जना शिक्षकको माग

Newslaya Home

जनता स्कुलमा भर्ना हुन चाहने विद्यार्थी एक हजार बढी, ९ जना शिक्षकको माग

सोमबार १९, फागुन २०७६

इटहरी । इटहरीस्थित जनता माविमा भर्नाको लागि फर्म भर्ने विद्यार्थीको संख्या एक हजार नाघेको छ ।

चैत १० गतेसम्म फर्म भर्ने म्याद छ । तर अहिले नै एक हजार एक सय बढीले फर्म भरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।

चैत २९ गते प्रवेश परिक्षा हुँदैछ । तीमध्ये ५०० जनालाई मात्र भर्ना लिन सकिने अवस्था छ । ‘पुर्वाधार अभावका कारण हामी धेरै भर्ना लिन सक्दैनौं,’ उनले भने, ‘तर वर्षेनी पुर्वाधार थप गर्दै भने गइरहेका छौं ।’ जनता स्कुलले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर व्यवस्थापन सुधार गरेपछि विद्यार्थीहरुको भीड बढेको छ ।

यस्तै जनता स्कुलले ९ जना शिक्षक मागेको छ । निमावि तहमा ५ जना र मावि तहमा ४ जना शिक्षक मागिएको हो । चैत ५ गतेसम्ममा दरखास्त दिन सुचना जारी गरेको छ ।