मेयर कप भलिबलः पुलिस विजयी

Newslaya Home

मेयर कप भलिबलः पुलिस विजयी

सोमबार १९, फागुन २०७६

सुनसरी । इनरुवामा जारी तेस्रो मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस विजयी भएको छ । महेन्द्र चोकमा भएको खेलमा पुलिसले सोलुखुम्बुलाई सोझो सेटम पराजित गर्यो ।

पुलिसले २५–१९, २५–१५ र २५–१४ को सोझो सेटमा सोलुमाथि जित निकालेको हो । प्रतियोगिताका म्यान अफ द म्याच विजयी टिमका झनक सिंह घोषित भए । त्यसअघिको खेलमा झापा अनुपस्थित भएपछि आयोजक बाई पाएर सोझै अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।