जनता क्याम्पसमा सुमनको कमेडी, गरे भोटको अपिल

Newslaya Home

जनता क्याम्पसमा सुमनको कमेडी, गरे भोटको अपिल

सोमबार १९, फागुन २०७६

इटहरी । सुनसरीको इटहरी–५ स्थित रहेको जनता बहुमुखी क्याम्पसमा कमेडी च्याम्पियनको फाईनल चरणमा प्रवेश सुमन कोईरालाले प्रस्तुति दिएका छन् ।

नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको मञ्चबाट दलेदाईको उपनामले ख्याति कमाएका कोइराला गृहजिल्ला सुनसरीमा आएका हुन् ।

सोमबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर उनलाई हजारौं विद्यार्थीको माझ स्वागत गरिएको थियो । क्याम्पसमा आफ्नो प्रस्तुति समेत देखाएका सुमनले अहिले सम्म सहयोग गर्नै सम्पूर्णलाई धन्यवाद दिँदै अब बाँकी रहेको एक खुड्किलो पनि पार गराईदिन अनुरोध गरे ।
गृहजिल्ला सुनसरीका विभिन्न कार्यक्रम सहभागि हुँदै भोट अपिल गरिरहेका कोइरालालई जनाता क्याम्पसले भोटका लागी १० हजार सहयोग प्रदान गरेको छ ।

शोमा हरेक प्रस्तुतिहरुले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएका उनले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिस्पर्धा गर्ने भएका छन् ।

उक्त शोको विजेताले २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमणको अवसर प्राप्त गर्ने भएका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Yoban limbuलेख्नुहुन्छ
  • |
  • सोमबार १९, फागुन २०७६
You r the great bro,actually m ni tyahi ko basinda vaerani hola,I'm thankful to you. Jun hjr le aafno thau,gau ani npl ko san rakhirahanu vaeko x tyo program marfat,so I all the best and best wishes to you bro..❤❤