कमेडियन सुमनलाई विश्व आदर्श कलेजको सम्मान र सहयोग

Newslaya Home

कमेडियन सुमनलाई विश्व आदर्श कलेजको सम्मान र सहयोग

आइतबार १८, फागुन २०७६

इटहरी । इटहरीस्थित विश्व आदर्श एकेडेमीले कमेडियन सुमन कोइरालालाई सम्मान सहित आर्थिक सहयोग गरेको छ ।

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको टप ३ मा पुगेका इटहरीका कमेडियन कोइरालालाई २० हजार रुपैयासहित सम्मान गरेको हो । अन्तीम चरण बाँकी हुँदा भोट गर्नका लागि भन्दै सहयोग गरिएको एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

यस्तै विश्व आदर्श विद्यार्थी समुहका कोअर्डिनेटर सफल पौडेलले व्यक्तिगत पाँच हजार रुपैयासमेत दिएका थिए । आइतबार क्याम्पसमा आयोजित कार्यक्रममा कोइरालाले सहभागिहरुलाई विभिन्न हाँस्य प्रस्तुतीहरुसमेत सुनाएका थिए ।

न्युन आर्थिक अवस्थाबाट संघर्ष गर्दै काठमाडौ पुगेका कोइरालाले कमेडी च्याम्पियनमा लगातार उत्कृष्ठ प्रस्तुती दिँदै निर्णायक तथा दर्शकहरुको मन जितिरहेका छन् ।

विश्व आदर्श कलेज आफैले पनि केही समयअघि भारतीय रियालिटी शोमा सहभागि भएका आफ्ना विद्यार्थी प्रितम आचार्यलाईसमेत सहयोग गरेको थियो । यस्तै विश्व आदर्शकै विद्यार्थी सेबिका कोइराला राष्ट्रि स्तरीय नृत्य प्रतियोगिताको विजेता बनेकी थिइन् । विश्व आदर्शले प्रतिभाहरुलाई सहयोग गर्न सधै अग्रसरता देखाउने विश्व आदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले बताए ।