टी २० क्रिकेट : लगातार दोस्रो खेलमा नेपाल पराजित

Newslaya Home

टी २० क्रिकेट : लगातार दोस्रो खेलमा नेपाल पराजित

आइतबार १८, फागुन २०७६

बिबिसि । एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत हङ्‍कङविरुद्धको खेलमा नेपाल पराजित हुन पुगेको छ ।

हङ्‍कङले दिएको १५५ रनको चुनौती पछ्याउने क्रममा नेपालका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पवेलियन फर्किएपछि नेपालले हार बेहोरेको हो ।

नेपालले सबै खेलाडी गुमाउने क्रममा १८.१ ओभरमा १११ रन मात्र बनाउन सक्यो ।

पहिलो दिनको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।

यो सँगै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना निकै न्यून बनेको छ ।

एशिया कपको छनोटको रुपमा रहेको जारी प्रतियोगितामा शीर्ष दुई टोली मात्र छनोट हुनेछन् ।