सफारी चालकले घेरे इटहरी प्रहरी कार्यलय

Newslaya Home

सफारी चालकले घेरे इटहरी प्रहरी कार्यलय

आइतबार १८, फागुन २०७६

इटहरी । सिटि सफारी चालक कुटपिट गरेको भन्दै चालकहरुले इलाका प्रहरी कार्यलय इटहरी घेराउ गरेका छन् ।

सफारी पाकिङ शुल्क उठाने एक युवाले सफारी चालकलाई कुटपिट गरेपछि सफारी चालकहरुले आइतबार प्रहरी कार्यलय घेराउ गरेका हुन् ।

सफारी पार्किङ शुल्क लिदा धम्काउने र गाली गलौज समेत गर्ने गरेको कारण आफुहरु असुरक्षित भएको चालकहरुले गुनासो गरेका छन् । हेपाह प्रवुति बढ्दै गएको भन्दै दर्जनौ सफारी चालकहरुले प्रहरी प्रशासन समक्ष सुरक्षा माग गरेका हुन् ।