न्युजिल्यान्डका स्टार कोरी एन्डरसनले काठमाडौंबाट इपिएल खेल्ने

Newslaya Home

न्युजिल्यान्डका स्टार कोरी एन्डरसनले काठमाडौंबाट इपिएल खेल्ने

आइतबार १८, फागुन २०७६

कठमाडौं । न्युजिल्यान्डका स्टार अलराउन्डर कोरी एन्डरसनले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् ।

काठमाडौं किंग्स ११ ले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा कोरी एन्डरसनलाई टोलीमा भित्र्याएको हो । बाँया हाते कोरी विश्फोटक ब्याटिङकासँगै तीब्र गतिका बलर हुन् । उनले ४५ ओडीआई इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ११ सय ९ रन बनाएका छन् ।

एन्डरसनले सन् २०१४ मा वेस्ट इन्डिविरुद्ध ३६ बलमै शतक प्रहार गरेका थिए । उक्त खेलमा एन्डरसन ४७ बलमा ६ चौका र १४ छक्का सहित १ सय ३१ रनको विश्फोटक इनिङ खेलेका थिए । २४ टि ट्वान्टी आई इनिङमा एन्डरसनले ४ सय ८५ रन बनाएका छन् । टि ट्वान्टी आईमा बंगलादेशविरुद्ध २०१७ मा ४१ बलमा १० छक्का र २ चौका सहित ९४ रनमा अविजित रहेका थिए ।

एन्डरसनले आईपिएल दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इन्डियन्सबाट खेलिसकेका छन् । काठमाडौंले यस अघि नै आयरल्यान्डका केभीन ओ ब्रायनलाई टोलीमा अनुबन्ध गरि सकेको छ । काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत छन् ।