सुमनको लोकप्रीयता बढदै, धरानका मेयरले पनि भोट मागे

Newslaya Home

सुमनको लोकप्रीयता बढदै, धरानका मेयरले पनि भोट मागे

आइतबार १८, फागुन २०७६

सुनसरी । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यबिधा अन्तर्गत नेपालकै पहिलो रियालिटि सो ‘कमेडी च्याम्पियन’मा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय जगतमा चर्चा कमाएका सुनसरीको इटहरी निवासी सुमन कोइरालाको लोकप्रीयता बढ्दै गएको छ ।

प्रतिस्पर्धामा आफुलाई बिजयी गराउन भोट माग्नका लागि शुक्रबार गृहजिल्ला इटहरी आइपुगेका सुमन कोइराला शनिबार बिहानै देखि विभिन्न कार्यक्रमहरूमा सरीक भएका थिए । उनलाई बाटोमा देख्ना साथ दले दाइको संज्ञा दिदै सेल्फी लिनेहरूको भिड बढ्दो थियो ।

उनले इटहरीको सिटि मन्टेस्वरी स्कुलमा कांग्रेसका सभापति शेर बहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, त्यसैगरी दले दाइको थोरै प्रस्तुति देखाएका थिए । प्रस्तुति देखाइरहदा उपस्थित भिडले उनलाई तालि र सिठी बजाएर स्वागत गरेका थिए ।

शनिबार नै कोइरालाले इटहरीका आधादर्जन बढी कार्यक्रमहरूमा सरीक भइ कमेडी च्याम्पियनमा आफुलाई धेरै भन्दा धेरै भोट दिएर जिताउन अपिल गरेका छन् । शनिबार नै उनले धरानस्थित बुढाशुब्बा गोल्डकप चलिरहेको बेला दमदार प्रस्तुती देखाए । राजनीतिक तथा सामाजिक क्षेत्रमा विभिन्न क्यारीकेचर गर्नुका साथै जल्दोबल्दो बिषयबस्तुमा प्रस्तुति दिएपछि धरानमा वान्समोरको हुटिङ नै चलेको थियो । प्रस्तुति संगै उनले आफुलाई नेपालकै पहिलो कमेडी रियालिटि सो कमेडि च्याम्पियनमा अत्याधिक भोटले बिजयी गराउन निवेदन पनि गरे ।

यता सुमनलाई हरहालमा जिताउन अभियान नै चलाइएको छ । अभियानमा कलाकार दिनेश कोइरालाको संयोजकत्वमा समिति नै गठन गरी विभिन्न जिल्लाहरूमा भोट माग्ने काम थालिएको छ । सुमनलाई गृह नगर इटहरी लगायत विभिन्न जिल्लाहरूबाट सक्दो सहयोग जुटिरहेको बताइएको छ ।

यता धरान उपमहानगरका मेयर तिलक राइले पनि सुमन कोइरालालाई अत्याधिक भोट दिएर जिताउन अनुरोध गरेका छन् ।

उनले हास्यबिधामा बेग्लै पहिचान बनाइसकेका इटहरीका कोइरालालाई जिताउन आफु पनि सक्दो सहयोग गर्ने र सिंगो धरान उपमहानगरवासी सहित एक नम्बर प्रदेशवासीहरूलाई पनि भोट गर्न अनुरोध गरे । प्रतिभावान कलाकारहरू पैसाको कारण पछि पर्न नहुने भन्दै मेयर राइले सुमन कोइरालालाई कमेडी च्याम्पियनमा जिताएर पूर्वेलीको मान राखिदिन सबैमा अनुरोध पनि गरे ।