विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ५६ प्रतिशत फेल

Newslaya Home

विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ५६ प्रतिशत फेल

शनिबार १७, फागुन २०७६

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ४४ प्रतिशत उत्तीर्ण भएका छन् भने ५६ प्रतिशत डाक्टर फेल भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले परीक्षामा ३४ विधाका ३ सय १५ डाक्टर सहभागी भएको तर ४४ प्रतिशत डाक्टर मात्र पास भएको जानकारी दिए । काउन्सिलका अनुसार सबैभन्दा बढी रेडियोलोजी र अर्थोपेडिक्सका डाक्टर परीक्षामा सहभागी थिए ।

शनिबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्‍याङमा बिहान ९ देखि ११ बजेसम्म परीक्षा भएको थियो ।