२०७७ मा जुरेका विवाहका साइतहरु

Newslaya Home

२०७७ मा जुरेका विवाहका साइतहरु

शनिबार १७, फागुन २०७६

काठमाडौं । हाम्रो नेपाली समाजमा नयाँ जोड़ीहरु बाधिने दिनलाई विवाह भनेर मानिन्छ । विशेषगरी विवाहको लग्न निकाल्दा तिथि बार नक्षत्र योग र करण आदी मिलाएर मात्र विवाहको साईत निस्कने हुन्छ ।

यसका अतीरिक्त देवगुरु वृहस्पति र दैत्य गुरु शुक्र ग्रहलाई विशेष ख्याल गरी उदय भएको बेलामा मात्र विवाहको साईत निस्कने हुन्छ । तर यो वर्ष त्यो विवाहको शुभ साईतहरु भने निक्कै काम रहेको छ ।
यो वर्ष जेठ महिनामा र वर्षको उतरार्ध माघ र फाल्गुनमा अस्त भएको कारणले यो वर्ष विवाहका साईतहरु निक्कै कम हुन गएको हो ।

यस वर्षका शुभ विवाहका साईतहरु
वैसाख
१३ गते शनिबार
१४ गते आइतबार
१९ गते शुक्रबार
२० गते शनिबार
२२ गते सोमबार
२३ गते मंगलबार
२५ गते विहीबार
जेठ
४ गते आइतबार
५ गते सोमबार
१० गते शनिबार
३१ गते शनिबार
असार
११ गते विहीबार
१३ गते शनिबार
१४ गते आइतबार
मंसिर
१६ गते मंगलबार
२१ गते आइतबार
२२ गते सोमबार
२६ गते शुक्रबार

यसका अतिरिक्त कुनै विशेष दिन या पर्व जस्तै नवरात्र, श्रीपञ्चमी आदी दिनहरुमा शुभ विवाह गर्ने प्रचलन हाम्रो नेपाली समाजमा रहीआएको छ । यदि विवाह नगरी नहुने अवस्था छ भने विज्ञहरुको सल्लाह एवं सुझाव अनुसार यो शुभ कार्य गर्न सकिन्छ ।