एसीसी इस्टर्न रिजन टी–२०ः आज नेपाल मलेसियासँग भिड्दै

Newslaya Home

एसीसी इस्टर्न रिजन टी–२०ः आज नेपाल मलेसियासँग भिड्दै

शनिबार १७, फागुन २०७६

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले शनिबार (आज) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको बैंककमा आज दिउँसो १२ः१५ बजे खेल सुरु हुँदैछ । यसअघिका भिडन्तमा पनि नेपाल बलियो देखिएकोले मलेसियालाई हराउन सक्षम छ । नेपाल र मलेसियाबीच यसअघि सात पटक भिडन्त भएको छ ।

जसमा नेपालले ६ र मलेसियाले एक खेल जितेका छन् । यस प्रतियोगितामा सहभागी पाँच देशमध्ये नेपाल आईसीसी एकदिवसीय मान्यता प्राप्त एक्लो देश हो । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् ।