कोरोना भाइरसको उच्च जोखिममा नेपाल

Newslaya Home

कोरोना भाइरसको उच्च जोखिममा नेपाल

शनिबार १७, फागुन २०७६

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डब्लूएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । योभन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो ।

स्वास्थ्य सेवा विभागले आवश्यक पूर्वतयारीलाई तीव्र पारेको विभागका महानिर्देशक श्रेष्ठले बताए । अविकसित देश, खुला सीमानाकाका कारण पनि नेपाल कोरोनाको जोखिममा छ । कोरोना संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।