हाम्रो इग्लिस स्कुलद्वारा गायक जेबी टुहुरे, प्रितम आचार्यसहित आधा दर्जन सम्मानित

Newslaya Home

हाम्रो इग्लिस स्कुलद्वारा गायक जेबी टुहुरे, प्रितम आचार्यसहित आधा दर्जन सम्मानित

शनिबार १७, फागुन २०७६

इटहरी । सुनसरीको इटहरीमा रहेको हाम्रो इग्लिस बोर्डिङ स्कुलले विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै आधा दर्जन बढी व्यक्तिहरुलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको हो ।

जनवादी गायक जेबी टुहुरे, भारतीय रियालिटी शो सारेगमापा लिटिल च्याम्सका उपविजेता प्रितम आचार्य, फुटवलर सुरेन्द्र तामाङ, कमेडी च्याम्पेनका फार्नालिस सुमन कोइराला, संगितकार राजु केसी लगायतलाई सम्मान गरिएको हो । सो विद्यालयकी पुर्व विद्यार्थी गायिका जमुना राईलाईसमेत सम्मान गरिएको छ ।

विद्यालय सञ्चालक समितिकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा प्रमुख अतिथी प्रदेस नम्बर १ की सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर लगायतले सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै व्यवसायीक क्षमतावान वनाउने तर्फ केन्द्रीत भएको कारण विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको विद्यालयका निर्देशक केवलमणी रिजालले जानकारी दिए ।