दिल्लीका दंगा पीडितलाई राहत दिने मुख्यमन्त्री केजरिवालको घोषणा

Newslaya Home

दिल्लीका दंगा पीडितलाई राहत दिने मुख्यमन्त्री केजरिवालको घोषणा

शुक्रबार १६, फागुन २०७६

नयाँदिल्ली । भारतको नयाँदिल्लीका हिंसा पीडित परिवारलाई मुख्यमन्त्री अरविन्द केजरीवालले राहत दिने घोषणा गरेका छन् ।

उपमुख्यमन्त्री मनिस सिसोडिया, मन्त्री कैलाश गहलोट लगायत उच्च अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । नयाँदिल्ली लगायतका ठाउँमा हिन्दू–मुस्लिम दंगा भड्किएपछि मुख्यमन्त्री केजरीवालले हिंसाग्रस्त क्षेत्र अवलोकन गरेका थिए ।

दिल्ली दंगामा ४० बढी मारिनुका साथै २ सय भन्दा धेरै घाइते भएका छन् । ५ सय भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।