कोरोनाको संक्रमणबाट इरानकी राष्ट्रिय फुटसल खेलाडीको मृत्यु

Newslaya Home

कोरोनाको संक्रमणबाट इरानकी राष्ट्रिय फुटसल खेलाडीको मृत्यु

शुक्रबार १६, फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इरानको राष्ट्रिय महिला फुटसल टीमकी सदस्य इल्हाम शेइखीको मृत्यु भएको छ । १० दिनअघि शेइखीमा भाइरस देखिएको थियो र उनलाई अस्पताल भर्ना गरिएको थियो ।

१४ फागुनमा कोम शहरमा शेइखीको मृत्यु भएको इरानी मिडिया रोकनालाई उद्धृत गर्दै चाइना न्यूजले लेखेको छ। २३ वर्षिया शेइखी एशियन पावर हाउसको महिला फुटसल टीमकी सदस्य थिइन् ।

शेइखीले २०१५ र २०१८ एएफसी महिला फुटसल च्याम्पियनसिपको उपाधि जितेकी थिइन् ।

१५ फागुन साँझसम्म सहायक स्वास्थ्य मन्त्रीसहित कम्तीमा चार सरकारी अधिकारीहरू कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ। इरानमा २७० भन्दा धेरैमा रोगको लक्षण देखिएको जनाइएको छ ।

इरानमा २६ जनाको मृत्यु भइसकेको छ भने ३९ जना संक्रमीत छन् ।