इनरुवामा रात्रिकालीन भलिबल प्रतियोगिता सुरु

Newslaya Home

इनरुवामा रात्रिकालीन भलिबल प्रतियोगिता सुरु

शुक्रबार १६, फागुन २०७६

इनरुवा । शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त आयोजनामा रात्रिकालीन भलिबल प्रतियोगिता सुरु भएको छ ।

सुनसरीको इनरुवामा आयोजित मेयरकप रात्रिकालीन भलिबल प्रतियोगिताको उद्घाटन इनरुवा नगरपालिका प्रमुख राजन मेहताले गरेका हुन् ।

यस अघिका दुई संस्करण दिउँसो खेलाइएको भएपनि इनरुवामा सम्पन्न अन्य रात्रिकालीन खेलमा देखिएको दर्शकहरुको उत्साहलाई मध्यनजर गर्दै तीन विभागीयसहित ८ टिम सहभागी रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगितको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सुबास राईले बताए ।

प्रतियोगितामा विगागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी र एपीएफसहित सोलुखुम्बु, झापा, सुनसरी, इनरुवा र आयोजक टिमले सहभागिता जनाउँदै छन् ।

उद्घाटन सत्रसँगै झापा र सुनसरी महिला भलिबल टिमबीच सो–म्याच खेलाइएकोमा झापा महिला टिम विजयी बनेको छ । औपचारिक खेलहरु भने भोलि बेलुकीबाट मात्र सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेतालाई ट्रफीसहित नगद रु १ लाख पचास हजार र उपबिजेता टोलीलाई ७५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।