अन्ततः कोशी राजमार्ग ५० मिटर चौडा बनाउने निर्णय

Newslaya Home

अन्ततः कोशी राजमार्ग ५० मिटर चौडा बनाउने निर्णय

शुक्रबार १६, फागुन २०७६

इटहरी l लामो रस्साकस्सीपछि इटहरी उपमहानगरपालिका भित्र कोशी राजमार्गलाई ५० मिटर चौडा बनाउने निर्णय गरिएको छ ।

सडकको केन्द्रबाट दायाँ बायाँ २५–२५ मिटर चौडा बनाउने गरी सीमा खाली गराउने निर्णय गरिएको हो ।

विराटनगर इटहरी धरान सडक योजनाअन्तर्गत कोशी राजमार्गको घोषित सीमा कायम गर्ने विषयमा छलफल गर्न बसेको इटहरी उपमहानगरपालिका, सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मासहित दिपक गौतम, भुपेन्द्र बराल, चन्द्रप्रसाद भट्टराईको उपस्थिती थियो ।

बैठकले आफ्नो घर टहरा भत्काउन अन्तीम पटक १५ दिने म्याद दिइ सार्वजनिक सुचना जारी गर्ने निर्णय गरेको छ ।

उक्त सुचनामा तोकिएको म्यादभित्र डिपिआर अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको क्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिका लगायतका संस्थाले हटाउने व्यहोरा उल्लेख गरिने जनाइएको छ ।

सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सुचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरेको हो ।

सडक मापदण्डअनुसार खाली गराउने र नगराउने विषयमा केही समय यता स्थानीय घरधनी तथा मदन चुँडालको नेतृत्वमा युवा समुहहरुबिच रस्साकस्सी चल्दै आएको थियो । कोशी राजमार्गमा पर्ने घरका घरधनीहरु तथा उद्योगी व्यवशायीहरु सडक विस्तार गर्न नहुने पक्षमा थिए । सोहीअनुसार सडक आयोजना कार्यालयलेसमेत सडक खुम्च्याएर विस्तार गरेको थियो ।

सडक विस्तार गर्ने विषयमा पहिलो पटक उपमहानगरपालिकाको पहलमा प्रशासन कार्यालय, जनप्रतिनिधि र सडक योजनाप्रमुख सहितको बैठक बसेको हो । बैठकको यो निर्णयसँगै अब इटहरी चोकका घरहरु भत्किने भएका छन् ।

5 प्रतिकृयाहरू प्राप्त
  • ganesh thapaलेख्नुहुन्छ
  • |
  • शुक्रबार १६, फागुन २०७६
Good decision Mayor Dwarik Lal ji and whole team go ahead mitra.
  • ganesh thapaलेख्नुहुन्छ
  • |
  • शुक्रबार १६, फागुन २०७६
Good decision Mayor Dwarik Lal ji and whole team go ahead mitra.
  • Premलेख्नुहुन्छ
  • |
  • शुक्रबार १६, फागुन २०७६
Good decision
  • सुबास चापागाईंलेख्नुहुन्छ
  • |
  • शुक्रबार १६, फागुन २०७६
हुनेखाने का पनि नाकमा नाकी लगाउनु भएको मा नगरपालिका प्रमुख लगायत सम्पुर्ण टिम लाई धन्यवाद
  • डम्बर गुरागाईलेख्नुहुन्छ
  • |
  • शनिबार १७, फागुन २०७६
धेरै धेरै शुभकामना । कार्यानयन हुनु पर्छ ।