एनसेलले ल्यायो नयाँ अफर

Newslaya Home

एनसेलले ल्यायो नयाँ अफर

शुक्रबार १६, फागुन २०७६

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यो अफर यही बिहीबारदेखि लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसाप्रति मिनेट (कर सहित १ रुपैयाँ २६ पैसा)मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने जनाइएको छ ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । अफरका लागि ग्राहकले *१७१०६# डायल गर्नुपर्ने हुन्छ ।

ग्राहकहरुले १ सयको रिचार्ज गर्दा ९९ पैसाप्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउने जनाइएको छ। त्यस्तै २ सय, ३ सय र ५ सय रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

१ हजार रिचार्ज गर्नेले यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । एनसेलका अनुसार यो अफर ९० दिनसम्म रहने छ ।