सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ फागुन २४ बाट प्रशारण हुने

Newslaya Home

सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ फागुन २४ बाट प्रशारण हुने

शुक्रबार १६, फागुन २०७६

काठमाडौं । सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ यही फागुन २४ गतेबाट प्रशाारण हुने भएको छ । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सुरु हुन लागेको ‘नेपाल स्टार’ केही समय अगाडि नै घोषणा गरिएको थियो ।

की. इन्टरटेन्मेन्टको आयोजना र वाईवाई चाउचाउको प्रायोजनमा हुन लागेको ‘नेपाल स्टार’ नोपल टेलिभिजनबाट प्रसारण हुनेछ । कर्यक्रमका लागि देशका ७ वटै प्रदेशमा अडिसन भइसकेको छ ।

‘नेपाल स्टार’को निर्णयकमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त छन् । रियालिटी शोका विजेतालाई ३५ लाख नगद प्रदान गरिनेछ । अन्तिम ४ प्रतिस्पर्धीलाई ५÷५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

निर्णायक रामकृष्ण ढकालले पछिल्लो समय नेपालमा भित्रिरहेको फ्रेन्चाइज सोहरूबीच आफ्नै कार्यक्रम आउनु खुसीको कुरा रहेको बताएका छन् ।

नेपालमा केही वर्ष यता सिङगिङ रियालिटी सो ‘नेपाल आइडल’, ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल लोक स्टार’ हुँदै आएको छ ।