सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं लगिँदै

Newslaya Home

सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं लगिँदै

बिहीबार १५, फागुन २०७६

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवासमा ठोक्किएको हो ।

कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए । सिपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ ।

उनलाई काठमाडौं पठाउन हेलिकप्टर मगाइएको बताइएको छ ।

CP Mainali, family seriously injured in accident