दिल्ली हिंसाः मर्नेको संख्या ३२ पुग्‍यो

Newslaya Home

दिल्ली हिंसाः मर्नेको संख्या ३२ पुग्‍यो

बिहीबार १५, फागुन २०७६

नयाँ दिल्ली । भारतको दिल्लीमा नागरिकता संशोधन कानुन (सीएए) को समर्थन गर्ने र विरोध गर्ने समूह बीच भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ ।

दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको र लोक नायक जयप्रकाश नारायण अस्पतालमा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् । नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।