रवीन्द्रको सम्झनामा पर्यटन पुरस्कार घोषणा

Newslaya Home

रवीन्द्रको सम्झनामा पर्यटन पुरस्कार घोषणा

बिहीबार १५, फागुन २०७६

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा बिहिबार (आज्र) सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।

अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् ।

स्व.मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको जानकारी दिँदै पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने मन्त्री भट्टराईले बताएका छन् ।

अर्को वर्षबाट अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने मन्त्री भट्टराईले जानकारी दिए । कार्यविधि नबनिसकेकाले पुरस्कारको राशि पनि खुलाइएको छैन ।

हेलिकप्टर दुर्घटनामा दिवंगत भएका अधिकारीजलगायत राष्ट्रसेवक कर्मचारी एवं उड्डयन क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरुको स्मृतिमा र्यटनमन्त्री योगेश भट्टराईले वृक्षरोपण समेत गरेका छन् ।

गत वर्ष आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको निधन भएको थियो ।