खनारमा अटो दुर्घटना हुँदा एक जना गम्भिर घाइते

Newslaya Home

खनारमा अटो दुर्घटना हुँदा एक जना गम्भिर घाइते

बिहीबार १५, फागुन २०७६

इटहरी । खनारमा अटो दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएकी छन् । खनार चोकमा इटहरीबाट खनार तर्फ जादै गरेको को १ ह ९२१२ नम्बरको अटोले विपरित दिशा तर्फ जादै गरेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

अटोमा सवार इटहरी–१२ की ३० बर्षिय नानु चौधरी गम्भिर घाइते भइ उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ । उनी सँगै अन्य तीन जना घाईते भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

उनीहरुको स्थानीय क्लिनकमा उपचार भईरहेको ट्राफि प्रहरी कार्यलय इटहरीले जनाएको छ ।